१४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले निर्वाचनबाट उम्कने ठाउँ नरहेको जिकीर समेत गरे ।
हार्ने डरले निर्वाचनमा भाग्न खोज्नेहरु पनि अव निर्वाचन जान बाध्य हुने उनको दावी थियो । अध्यक्ष ओलीले मधेशी मोर्चाप्रति लक्षित गर्दै संविधान जारी हुन नदिने शक्ति निर्वाचन हुन नदिन पनि सक्रिय रहेको आरोप समेत लगाए ।
अध्यक्ष ओलीले आफनो पार्टीले ठूलो दवाव दिएपछि सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको टिप्पणी पनि गरे । अध्यक्ष ओलीले निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी हुने पनि बताए । उनले मोर्चा बन्दी भएपनि एमालेले नै निर्वाचनमा विजयी हुने दावी गरे ।
अध्यक्ष ओलीले आफनेा पार्टीलाई हात्तिको संज्ञा दिँदै स्यालहरुले शिकार गर्नै नसक्ने गरे । उनले निर्वाचन गराउने र बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने पार्टीको सपना साकार पार्ने पनि उल्लेख गरे ।
उनले लोडसेडिङको अन्त्य आफनै पार्टी नेतृत्वको सरकारले बनाएको कार्ययोजना अनुसार भएको पनि उल्लेख गरे । अहिलेको सरकारले त्यसको जस मात्रै लिन पाएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकास हुन्छ विश्वास जनतामा जगाएको पनि स्मरण गराए। उनले केही शक्ति मुलुकको अस्तित्व नै समाप्त पार्ने खेलमा लागि परेको आरोप लगाउँदै आफनो पार्टीले त्यसो हुन नदिने जिकिर समेत गरे ।

loading...
adnow

No comments:
Write Reviews