News Beat Nepal: video
Showing posts with label video. Show all posts
Showing posts with label video. Show all posts

Tuesday, February 28, 2017

खोटाङ – खोटाङमा पटक – पटक मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालय आउने शिक्षकलाई सरसफाई गर्ने सजाय दिइएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सुध्रिन पटक – पटक चेतावनी दिँदा पनि मापसे गरेर विद्यालय आउन नछाडेपछि सदरमुकार दिक्तेलस्थित सरस्वाती आधारभुत प्रावि पोखरीका शिक्षक मीन बहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाई गर्ने सजाय दिइएको हो ।

खत्री निमावि तहका अस्थायी शिक्षक हुन् । मापसे गरेर विद्यालय आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय ल्याएर सरसफाइ गर्ने जिम्मा दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।

मापसे गरेर विद्यालय जाने शिक्षकलाई यस्तो कारबाही

Saturday, February 25, 2017



काठमाडौँ– ‘लुट २’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।निश्चल बस्नेत निर्देशित चलचित्र लुट २ ले धेरै रर्कड तोड्ने आशा गरीएको छ ।

चलचित्रमा सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, रामेश्वर चौरासिया, सिर्जना सुब्बा, एलिसा राइ लगायतको भुमिका रहेको यो चलचित्रमा राम्रो व्यापार गर्नेमा दर्शकदेखि वितरक धेरै आशावादी समेत रहेको बताइन्छ ।
काठमाण्डौका अधिकांश हलमा टिकट पाउन गाह्रो पर्ने अवस्था रहेको बताइन्छ । यसैले पनि व्यापार बिहानैदेखि आक्रामक देखिएको छ

रिलिजको पहिलो दिनको पहिलो शोमा नै ‘लुट २’ ले गर्यो आक्रामक ब्यापार, ३ दिनसम्म टिकट पाउन मुस्किल

Earn mony from your website

Propellerads

Labels